दमाैलीमा समसाँझै ग्याङफाइट
व्यास नगरपालिका वडा नं ३ दमाैली स्थित शान्तिनगरमा समसाँझै ग्याङफाइट भएको छ । साेमबार साँझ १० वटा जति माेटरसाइकलमा आएका युवाको समुह र पैदल आएका समूह बिच ग्याङफाइट भएको हाे । साे क्रममा माेटरसाइकलमा आएका समुहले हेलमेट , ढुंगाले हान्दा केही युवाहरू घाइते भएको र उनिहरू भागेर ज्यान बचाएका छन् । यता माेटरसाइकलमा आएका युवाहरू भने हानेर भागेका थिए ।

प्राप्त सुचनाका अनुसार ती दुई समुहबिच केही समय अगाडि फाइट परेको थियो । जसमा केही घाइते भएका थिए । त्यही इगाेकाे बदला लिने भित्री रणनीति का बिच युवाहरूले अब हामी मिल्नपर्छ शान्तिनगर भेटाैँ भनेर बाेलाइ याेजना बनाएका थिए । दमाैली अस्पताल मुनि भएको भिडन्तमा घाइते भएका मध्ये एकजना बिनीप थापा नाम गरेका युवा भएको पुष्टि भएको छ । उनी म्याग्देका भएको र माेटरसाइकलमा आएका युवाहरू डिहीगाउँ लगायतका ठाउँका रहेको बताइएको छ । अन्य घाइते युवाहरू भने डरले सम्पर्कमा नआइ लुकेका बताइएको छ । ठुलो काेलाहल र युवाहरू रगत बगाउँदै दाैडधुप गर्दा शान्तिनगरबासी केहीबेर त्रसित भएका थिए । प्रहरीले भने घटनाको पत्तै पाएन ।

























