गाेरखामा कार्यरत सइ मिलन पन्थ फागुन महिनाको बेस्ट पुलिस अफ द मन्थ घाेषीत

गाेरखामा कार्यरत सइ मिलन पन्थ फागुन महिनाको बेस्ट पुलिस अफ द मन्थ घाेषीत

प्रहरी नायव निरीक्षक मिलन पन्थ फागुन महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत पन्थले तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही पूरा गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।

सोमबार एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक बासुदेव पाठकले पन्थलाइ नगद पुरस्कार सहित फागुन महिनाको उत्कृष्ट प्रहरीको प्रमाणपत्र प्रदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले मातहतमा रहेर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्ने गरेको छ ।


सम्मानपत्रमा भनिएको छ – जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन पन्थले प्रहरी संगठनको नीति निर्देशन बमोजिम आफूलाई तोकिएको जिम्मेवारी तथा पदिय दायित्वलाई इमान्दार, बफादार, कर्तव्यनिष्ठताका साथ उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्नुको साथै यस कार्यालयको वडा एरिया अन्तर्गतमा घटेका विभिन्न प्रकृतिका अपराधहरुमा तदारुकताका साथ खटिई गई घटनाहरुको सुक्ष्म रुपमा अनुसन्धान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम जनसमुदायमा प्रहरी प्रतिको छवि सकारात्मक बनाउने तर्फ सदैव प्रयत्नशिल रहेको पाईएको हुँदा मिति २०८१।१२।११ गते एक कार्यक्रमका बीच निज प्रहरी नायव निरीक्षकलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेब पाठक ज्यूबाट प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कार सहित २०८१ साल “फागुन” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गर्नुभएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page