जिल्लामा सुरक्षा व्यवस्था फितलो , दमाैलीकाे मुख्य चाेककाे पसलमा चाेरी
तनहुँमा पछिल्लो समय शान्तिसुरक्षा फितलो देखिएको छ । जिल्लामा झैझगडा , कुटपिट , ग्याङफाइट , लागुऔषध लगायतका बिषयहरू बाहिर आइरहेकाे बेला दमाैलीकाे मुख्य चाेककाे पसलबाट चाेरी भए पछि जिल्लावासिले सुरक्षा व्यवस्था फितलो भएको महशुस गरेका हुन् । त्यसाेत जिल्लाकाे मानुङमा केही समय अगाडि प्रहरी नैं कुटिएका समेत थिए भने केही दिन अगाडि शान्तिनगरमा ग्याङफाइट भएको थियो । झैझगडा कुटपिट लगायतका विषयले जिल्लावासी त्रसित भइरहेका बेला सनिवार राति दमाैलीकाे मुख्य चाेककै पसलमा ताेडफाेड र चाेरी भएको छ ।

व्यास नगरपालिका वडा नं ३ स्थित प्रशासन चाेक नजिकै जिल्ला समन्वयको २५ नम्बर सटरमा गएराती चाेरी भएको हाे । मुख्य चाेककै पसलबाट चाेरी भए पछि स्थानीयले असुरक्षा महसुुस गरेका छन् । राति पसलको माथि चढेर भेन्टिलेसन फाेरेर चाेर भित्र पसेको पसल सञ्चालक भरत मल्लले बताए । चाेरले केही नगद सहित आइसक्रिम , जुस , डेरी मिल्क , क्याटबरी , काेक , मिल्कसेक लगायतका सामान फुटाउने , खाने , चाेरेर लाने गरि क्षति पुर्याएकाे मल्लले बताए ।

३ दिनमा दुईपटक पसल चाेरी भएको , चाेरीका बखत प्रयाेग गरेका चक्कु , खुकुरी , कुटाे लगायतका सामाग्री फेला परेको उनलेे बताए । अघिल्लो पटक भेन्टिलेसन फुटाले पछि सनिवार मात्रै बन्द गर्याैं , तर सनिवार राति टिननैँ उक्काएछ । चाेककाे पसलमा महंगो भाडा तिरेर व्यवसायीक संघर्ष गरिरहेका उनलाई पटकपटककाे चाेरीले भयभीत बनाएको छ ।
























