दमाैलीकाे जुस पसल चाेरीमा संलग्नलाई पसल सञ्चालक स्वयंले समाते

दमाैलीकाे जुस पसल चाेरीमा संलग्नलाई पसल सञ्चालक स्वयंले समाते


दमाैलीकाे मुख्य चाेककाे जुस पसलमा चाेरी गरेकाे आराेपमा एक बालकलाई पसल सञ्चालक स्वयंले समातेर प्रहरीलाई बुझाएका छन् ।

व्यास नगरपालिका वडा नं ३ स्थित प्रशासन चाेक नजिकै जिल्ला समन्वयको २५ नम्बर सटरमा गएराती र केही दिन अगाडि गरि दुईपटक चाेरी भएको थियो । मुख्य चाेककै पसलबाट चाेरी भए पछि स्थानीयले असुरक्षा महसुुस गरिरहेका बेला संकास्पद व्यक्तिको खाेजिमा बुझ्दा पाटन तिर रहेको सुचनाका आधारमा ती वालकलाइ समातिएको पसल सञ्चालक भरत मल्लले बताए । राति पसलको माथि चढेर भेन्टिलेसन फाेरेर चाेर भित्र पसेको थियो । चाेरले केही नगद सहित आइसक्रिम , जुस , डेरी मिल्क , क्याटबरी , काेक , मिल्कसेक लगायतका सामान फुटाउने , खाने , चाेरेर लाने गरि क्षति पुर्याएकाे थियो । ३ दिनमा दुईपटक पसल चाेरी भएको , चाेरीका बखत प्रयाेग गरेका चक्कु , खुकुरी , कुटाे लगायतका सामाग्री फेला परेको उनलेे बताए ।

चाेरिमा संलग्नकाे आशंकामा समातिएका ति वालकले आँफुले चाेरेकाे स्विकारेका छन् । ती बालक केही समय अगाडि साेही पसलमा काम गरेर बस्दथे । काममा बस्दा सबै देखेका व्यास ५ घर भएका वालक रहेको र उनैँले पसलमा चाेरी गरेको भन्दै उनिहरूले प्रहरीलाई खबर दिएका थिए ।
घरमा बुवा मादक पदार्थ सेवन गरेर हिँड्ने , घरमा नआउने गर्दा आमा अन्यत्र अर्को बिवाहा गरेर गएपछि यीनले अभिभावककाे माया र सहारा पाउन सकेका थिएनन् । यिनलाई पराषर पार्क नजिकै बाट समातिएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page