भानुका किसानले फलाएकाे अनदिकाे खट्टे ब्रान्डिङ गरेर बजारमा !
तनहुँकाे भानु नगरपालिकामा अनदिकाे खट्टेलाइ व्रान्डिङ गरिएको छ । भानु नगरपालिकाको समन्वयमा भानु नगरपालिकामा किसानले फलाएको अनदिलाई अनदिको खट्टे वनाएर DFTQC test गरेर भानुको अनदिको खट्टे नाममा व्रान्डिङ गरेर वजारमा पठाइएको भानु नपा कृषि शाखाले जनाएको छ।

अबका दिनमा यसको विस्तार गर्दै भानुमा उत्पादन भएका स्थानिय उत्पादनलाइ यसरी नै ब्रान्डिङ गरेर देश बिदेशका बजारमा पुर्याउने समेत लक्ष्य राखिएको नगरपालिकाले बताएको छ ।

























