जिल्ला खेलकुद तनहुँकाे अध्यक्षमा पुनः पाण्डे

जिल्ला खेलकुद तनहुँकाे अध्यक्षमा पुनः पाण्डे

जिल्ला खेलकुद बिकास समिति तनहुँकाे अध्यक्षमा अनिल पाण्डे चयन भएका छन् । जिल्ला अध्यक्ष एमालेकाे भागमा परेसँगै पाण्डे अध्यक्ष चयन भएका हुन् । काङ्ग्रेस – एमाले गठवन्धन सरकारले गरेको गण्डकी प्रदेशका जिल्लाहरूकाे भागबन्डामा तनहुँ एमालेकाे भागमा परेको थियो ।

तनहुँ सहित नवलपुर , लमजुङ , पर्वत र मुस्ताङ गरि ५ वटा जिल्ला एमालेलाई र कास्की , स्याङ्जा , म्याग्दी , बाग्लुङ , गाेर्खा र मनाङ गरि ६ वटा जिल्ला काङ्ग्रेसको भागमा परेको बताइएको छ । दुबै पार्टीको छलफल बाट यी जिल्लामा सहमति भए अनुसार तनहुँमा काङ्ग्रेस बाट दुई र एमालेबाट दुई जना चयन भएका छन् । एमालेबाट अध्यक्षमा पाण्डे र काेशाध्यक्षमा कविराज श्रेष्ठ तथा काङ्ग्रेस बाट उपाध्यक्षमा इनकन खनाल र सचिवमा विश्व बुढा चयन भएका छन् ।

अध्यक्ष बनेका पाण्डेको ४ वर्षे कार्यकाल यही फागुन ८ गते सकिएकाे थियो । अध्यक्ष पाण्डे प्रदेशमै चार बर्षमा चारवटा राष्ट्रपति रनिङ शिल्ड गर्न सफल एकमात्र अध्यक्ष हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page