तरूण दलकाे प्रशिक्षण कार्यक्रममा गगन र प्रदिप दमाैली आउने

तरूण दलकाे प्रशिक्षण कार्यक्रममा गगन र प्रदिप दमाैली आउने

नेपाल तरूण दल तनहुँकाे आयाेजनामा हुने प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा र स्वास्थ्य मन्त्री प्रदिप पाैडेल लगायतका प्रभावशाली नेताहरू तनहुँ आउने भएका छन् । चैत्र २५ गते साेमबार दमाैली सभाहलमा हुने तरूण यात्रा पुस्तक विमाेचन तथा प्रशिक्षणकाे लागि नेताहरू थापा , पाैडेल सहित जिल्लाबाट केन्द्रीय सदस्य रहेका सबै नेताहरू आउने तरूण दलका जिल्ला अध्यक्ष हिरा थापाले बताए ।
उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला भरिका तरूणहरूलाइ सहभागीताकाे लागि खबर गरिसकेको समेत थापाले जानकारी दिए ।

पार्टीका प्रभावशाली नेताहरू आउने भए पछि जिल्लामा तरूणहरू उत्साहित भएको तरूण दल व्यास नगर सभापति युवराज भण्डारीले बताए । उक्त दिनमा व्यास नगर लगायत जिल्ला भरका युवा साथीहरू आउने समेत भण्डारीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page