सूर्य नेपाल प्रा.लि द्धारा शुक्लागण्डकी नगरपालिका सँगकाे समन्वयमा फिरफिरे स्वास्थ चौकी लाई एम्बुलेन्स हस्तान्तरण
सूर्य नेपाल प्रा.लि द्धारा शुक्लागण्डकी नगरपालिका सँगकाे समन्वयमा सु न पा १२ फिरफिरे स्वास्थ चौकी लाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । शुक्लागण्डकी १२ लगायत यस वरपरका वडाहरुको अनुरोधमा सूर्य नेपाल प्रा.लि.ले कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत एम्बुलेन्स खरिदगरि हस्तान्तरण गरिएको सूर्य नेपाल प्रा.लि. तनहुँका मानव संसाधन प्रमुख अन्जन दुवाडीले बताए ।

प्रदेश शभा सदस्य श्याम राजा महतको प्रमुख आतिथ्यतामा सु न पा १२ फिरफिरे स्वास्थ चौकी, तनहूँ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि महतले एम्बुलेन्स बाट शुक्लागण्डकी नगरपालिका १२ लगाएत यस वरपरका वडाहरु, सिगाें तनहुँ जिल्ला र आसपासको क्षेत्रहरु समेत लाभान्वित हुने बताए । सूर्य नेपालले एम्बुलेन्स मात्र नदियर जीवन दिएकाे महतको भनाइ थियो । सूर्य नेपाल प्रा.लिका कारखाना प्रमुख बाबुराम कार्कीले एम्बुलेन्सको आवश्यक हेरचाह, संरक्षण, मर्मत संभार तथा यथोचित उपयोग हुनेमा सूर्य नेपाल प्रा.लि विस्वस्त रहेको बताए । उनले भबिश्यमा समेत शुक्लागण्डकी नगरपालिका सँगको सहकार्यमा बिभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्न सूर्य नेपाल प्रा.लि सकारात्मक रहेको जानकारी गराए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका १२ का अध्यक्ष फिर्फिरे स्वास्थ शाखा प्रमुख, सूर्य नेपाल प्रा.लि तनुहँका प्रतिनिधिहरु, बिभिन्न समाजसेवी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
साे अवसरमा कम्पनिका एच.आर म्यानेजर अन्जन दुवाडीले सूर्य नेपाल प्रा.लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत करिव २२ लाख मूल्यको बि टाइपको एम्बुलेन्स हस्तान्तरण गरेको बताए । उनले सामाजिक उत्तरदायित्वका उपक्रमहरु सूर्य नेपाल आसा, सूर्य नेपाल प्रकृती, सूर्य नेपाल आधारसिला र सूर्य नेपाल गाथा को उदेश्य बमोजिम दिगो बिकासलाई आत्मसाथ गर्दै कंपनिले यस क्षेत्रमा बिभिन्न परियोजनाहरु संचालन गरिरहेको र उक्त परियोजना बाट स्थानियस्तरमा प्रत्यक्ष र अप्रत्यक्ष गरि कयौं जनता लाभान्वित भएको बताएका थिए ।
सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा स्कुल निर्माण, सडक, बाटोघाटो, खानेपानि, एम्बुलेन्स, स्वास्थ्य सिवीर, नदि
नियन्त्रण, दमकल, शैक्षिक सामाग्री बितरण तथा टिच फर नेपाल संगको सहकार्यमा बिभिन्न सामुदायिक
स्कुलहरुमा अग्रेजी, गणित, बिज्ञान र कम्प्यूटर बिषयका फेलो शिक्षक समेत उपलब्ध गराउँदै आएको छ ।
























