नयाँ वर्षमा दमाैलीमा हुने सांगीतिक साँझमा चर्चित र्‍यापर वुद्ध लामा लगायत आउने

नयाँ वर्षमा दमाैलीमा हुने सांगीतिक साँझमा चर्चित र्‍यापर वुद्ध लामा लगायत आउने

नयाँ वर्षमा दमाैलीमा हुने सांगीतिक साँझमा चर्चित र्‍यापर बुद्ध लामा, विवेक लामा, मञ्जु सिन्ताङ लगायतका कलाकारहरू आउने भएका छन् ।
होटल व्यवसायी संघ तनहुँको आयोजनामा हुने नयाँ वर्ष सांगीतिक साँझ’ कार्यक्रममा आफ्नाे प्रस्तुति दिन उनिहरू दमाैली आउने भएका हुन् ।

संघले यही चैत ३१ गते आयोजना गर्ने सांगीतिक साँझ बारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष दुर्गा विलास भट्टराईले नयाँ वर्ष मनाउने क्रममा धेरै युवा अन्यत्र जाने भएकाले उनीहरूलाई दमौलीमै आकर्षित गर्न र कम खर्चमा रमाइलो गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। 
उनले भने, “दमौली र आसपासका युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष गिरबहादुर थापाले मुनाफा गर्ने भन्दा पनि आफ्नै ठाउँमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै होटल व्यवसायी संघ तनहुँले सांगीतिक साँझलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको बताए । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष धनपति अधिकारी (डिपी)ले सांगीतिक साँझ सफल बनाउन सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरे । 

साँझ ७ बजेदेखि राति १२:३० बजेसम्म सञ्चालन हुने कार्यक्रममा प्रवेश गर्न २५० रुपैयाँको टिकट तोकिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page