रवि लामिछानेले भने – म आँफै अहिलेनैँ गिरफ्तारी दिन्छु
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले म आँफैले अहिले नैं गिरफ्तारी दिने बताएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् – सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठुलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस्।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश दिए लगत्तै उनको याे भनाइ आएकाे हाे ।
























