चैत २६ गते म्याग्देमा छातिरोग सम्बन्धी खोजपड्ताल शिविर हुने
तनहुँको म्याग्देमा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविर हुने भएको छ । चैत २६ गते मंगलबार थर्पु आधारभूत अस्पतालमा विहान ७:०० बजे देखि वेलुका ५ बजे सम्म शिविर सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य अधिकृत साजन घिमिरेले बताए ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा , प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजना र म्याग्दे गाउँपालिकाको सहआयोजनामा उक्त कार्यक्रम आयाेजना गरिएको समेत घिमिरेले जानकारी दिए ।
एक्स-रे को माध्यम बाट रक्तचापको जाँच र रगतमा ग्लुकोजको मात्रा (सुगर) सहित क्षयरोग संक्रमित पहिचान गर्ने उद्देश्य सहित शिविर सञ्चालन गरिएकोले पालिकाका धेरै भन्दा धेरै बासिन्दाले यसको सुविधा लिन गाउँपालिकाले अनुरोध गरेको छ ।

























