व्यास र बन्दीपुरमा आजदेखी ३ दिन दैनिक ९ घण्टा लाइन जाने
तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा आजदेखी तीन दिन सम्म दैनिक नौ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले एक सूचना जारी गर्दै सोमबारदेखि बुधबारसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।

दमौली-भरतपुर १३२ के.भी. ट्रान्समिसन लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि दमौली सवस्टेशनबाट वितरित छाब्दी फिडर अन्तर्गतको व्यास-१ रत्याैली, मोरीयाटार, छाब्दी बजार, व्यास-१३ पोखरीभञ्ज्याङ, कुकुरढुडे, बेनिकोट आदि स्थानमा विद्युत अवरुद्ध हुनेछ ।

यस्तै, व्यास-१४ को केशवटार, रुम्सी, हर्कपुर, थिङ, नयाँगाउँ, सुदेर, बन्दीपुर-३, सुखौरा दमौली फीडर अन्तर्गत चारकुने, लीचीघारी भादगाउ खानेपानी कार्यालय लगायतका स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।
























