तनहुँमा भएको सवारी दुर्घटनामा आँबुखैरेनीका रूपेशकाे मृत्यु

तनहुँमा भएको सवारी दुर्घटनामा आँबुखैरेनीका रूपेशकाे मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, डम्पिङ्गमा तरकारी बोक्ने गाडी र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।


आँबुखैरेनीबाट मग्लिङ्ग तर्फ जादै गरेको ना. ४ च. ८३८० नम्बरको गाडी र मुग्लिङ्गबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग. १६ प. १५७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार आँबुखैरेनी –३, का २० बर्षका रुपेश गुरुङ्गको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्कुटर पछाडी सवार आँबुखैरेनी –३, का १९ वर्षका रोहन मगर घाईते भएका छन । उनको बाँया खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page