तनहुँमा भएको माेटरसाइकल दुर्घटनामा लम्सालकाे मृत्यु , आले र गुरूङ गम्भिर घाइते
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा दुई मोटरसाईकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–३ कवासेका करिव १९ वर्षका रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

दुलेगौंडाबाट खैरेनीटारतर्फ जाँदै गरेको लु १४ प २२४७ नंं को पल्सर मोटरसाईकल र खैरेनीटारबाट दुलेगौंडा आउँदै गरेको लु प्र ०१००१ प ५६६८ नंं को मोटरसाईकल एक आपसमा बुधवार साँझ ठक्कर खाएको थियो । दुलेगौंडा आउदै गरेका मोटरसाईकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पल्सर मोटरसाईकलका चालक शुनपा–४ का २० वर्षिय सुसान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।

























