देवघाटमा क्याम्पस स्थापना सम्बन्धि छलफल
तनहुँको देवघाटमा सामुदायिक क्याम्पस स्थापना सम्बन्धी छलफल कार्यक्रम भएको छ ।
देवघाट गाउँपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा सभाव्यता अध्ययन समितीका संयोजक डा.सुरेन्द्र प्रसाद श्रेष्ठले देवघाटमा क्याम्पस सञ्चालनकाे निम्ति प्रक्रिया अगाडि बढेको बताए ।आगामी शैक्षिक सत्रबाट स्थातक तहको क्याम्पस सञ्चालन हुने गरि काम अगाडि बढाइएको उनको भनाइ छ । छलफलमा क्याम्पस सञ्चालनको लागी आर्थिक तथा पुर्वाधार व्यवस्थापनको बिषयमा सहभागी सराेकारवाला निकाय , बुद्धिजीवी राजनैतिक दल एवं विभिन्न संघ संस्थाहरुबाट आएका अध्यक्ष एवम् प्रतिनिधिहरूले आआफ्नाे धारणा राखेका थिए ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,गाउँपालिका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर,देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट ४ मित्रलाल गुरुङ,नेकपा एमाले अध्यक्ष देवघाटका भिमबहादुर गुरुङ,नेपाली काङ्ग्रेस देवघाटका उप-सभापति पुरुषोत्तम शर्मा पण्डित,नेकपा माओवादी केन्द्र देवघाटका प्रतिनिधि दुर्गालाल गुरुङ,रास्वपा देवघाटका सभापति गोविन्द प्रसाद न्यौपाने,गाउँपालिकाका कृष्ण पन्त , सामुदायिक वन एवं विभिन्न संघ संस्थाहरु बाट अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा गापा अध्यक्ष तिलबहादुर थापाले सबैकाे साथ र सहयोगले मात्रै क्याम्पस स्थापना हुनसक्ने भन्दै सामुदायिक बन लगायतका विभिन्न सामाजिक संघसंस्थालाई सहयोगका लागि अपिल गरेका थिए । छलफलले उनिहरूकाे अबस्था हेरेर सबै सामुदायिक वनले ५० हजार अनिवार्य र त्योभन्दा माथि स्वइच्छाले सहयोग संकलनका लागि निर्णय गरेको छ ।

























