आँबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग
आँबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग गरिएको छ। आँबुखैरेनी सेवा समाजले इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुबेदीलाई सोमबार ज्ञापनपत्र बुझाउँदै बजार क्षेत्रलाई नो हर्न क्षेत्र बनाउन माग गरिएको हो।

आँबुखैरेनी बजार स्थित साना तथा ठुला सवारी साधनहरूको चाप र त्यस सवारी साधनहरूको चालकहरूबाट यात्रु चढाउनको लागि हतार हतारमा सवारी साधन हकाई गर्ने कार्य भएको हुँदा र अनावश्यक रुपमा जथाभावी हर्न बजाउने गरिएको पाइएको हुँदा उक्त आवाजले ध्वनी प्रदूषण बढाएको भन्दै उक्त माग गरिएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए।

























