तनहुँमा आफ्नै आमाले ४ महिनाको बच्चालाई ढुङ्गाले प्रहार गरी हत्या”

तनहुँमा आफ्नै आमाले ४ महिनाको बच्चालाई ढुङ्गाले प्रहार गरी हत्या”

तनहुँकाे घिरिङमा आफ्नै आमाले ४ महिनाको बच्चालाई ढुङ्गाले प्रहार गरी हत्या” गरेकी छन् । बैशाख ८ गते साँझ अं. १९:०० बजेको समयमा घिरिङ ४ थामडाँडा स्थित सोहि स्थानमा भएको माईतिघर जाने क्रममा भिमादबाट नवलपरासी सुस्ता पुर्व डेढगाउ जाने सडक खण्डमा उक्त घटना भएको हाे ।

नवलपरासी बैदिकाली गाउँपालिका वडा नं. २ अर्मले स्थायी वनत भएकी बर्ष ३६ की कमला परियारले आफ्नै ४ महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भिर घाइते बनाएको र स्थानियले घाईते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा ८ गते अं. २१:३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


ढुङ्गा प्रहार गर्ने आमा कमला परियारलाई इ.प्र.का. डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि हाल तनहुँ प्रहरीमा उपस्थित गराएकोमा प्रारम्भिक अनुसन्धान पुरा गरी निज कमला परियारलाई कर्तब्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुचना अधिकारी अशोक थापाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page