बैशाख २० गते थर्पुमा कृषि प्रदर्शनी मेला हुने

बैशाख २० गते थर्पुमा कृषि प्रदर्शनी मेला हुने

तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको आयोजनामा छैटौं म्याग्दे स्तरीय कृषि तथा पशुपंक्षी प्रदर्शनी मेला हुने भएको छ । बैशाख २० गते सनिवार थर्पु स्थित सहकारीको नयाँ भवनको प्राङ्गणमा हुने प्रदर्शनी मेलामा स्टल शुल्क निसुल्क राखिएको सहकारीले जनाएको छ ।

म्याग्दे गाउँपालिकाका सबै वडाका कृषकले उत्पादन गरेका सुन्तला, च्याउ, गोलभेडा लगायत पशुपंक्षीको प्रदर्शन गर्दै कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि प्रदर्शनी गर्न लागिएको सहकारीका अध्यक्ष दुर्गाबहादुर अधिकारीले बताए । प्रदर्शनी सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रदर्शनीमा सहभागी उत्कृष्ट किसानलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस अगाडि पनि सहकारीले थर्पु बजारमा सांस्कृतिक कार्यक्रम हरू समेत गरेर कृषि प्रदर्शनी मेला भब्य रूपले सफल बनाउँदै आएकाे कृषि संयाेजक रामबहादुर थापाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page