प्रदेश अस्पताल दमाैलीमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

प्रदेश अस्पताल दमाैलीमा आकस्मिक बाहेकका सबै सेवा ठप्प


चिकित्सकहरूको पेशागत हकहित र चिकित्सा शिक्षा आयोग सम्बन्धी मागहरूलाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिरहेका बेला नेपाल चिकित्सक संघ, तनहुँ शाखाले पनि आन्दाेलन सुरु गरेको छ । जसअनुसार आज शुक्रवार देखि आकस्मिक वाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने प्रदेश अस्पताल तनहुँले जनाएको छ । चिकित्सक संघको आन्दाेलनकाे घोषणा अनुसार प्रदेश अस्पताल दमाैलीमा पनि आकस्मिक सेवा मात्र हुने जानकारी गराइएको छ ।

२०८२ बैशाख १० गते संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार चिकित्सा शिक्षा आयोगले विगत केही वर्षदेखि लिएको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै संघले आन्दोलनमा उत्रनु परेको जनाएको थियो । यस्तै सन्दर्भमा तनहुँ शाखाले समेत उक्त आन्दोलनलाई नैतिक, सांगठनिक तथा व्यवहारिक रुपमा पूर्ण समर्थन गर्ने निर्णय गरेको तनहुँ शाखाले जनाए अनुसार आन्दाेलनका कार्यक्रम सुरु गरेको हाे ।
देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति २०८२/०१/११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आहवान गर्दछौँ ।

साथै २४ घण्टाभित्र हाम्रा माग सम्बोधन नभएमा २०८२/०९/१२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ।

चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक, नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु, बुद्धिजिवी, पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ।

यसबाट सर्वसाधरणमा पर्न जाने असुविधाप्रति नेपाल चिकित्सक संघ क्षमा माग्दै सोको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने कुरा जानकारी गराउन चाहन्छौँ। बिज्ञप्तिमा उल्लेख छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page