तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार ईकाइकाे २९ औं साधारणसभा सम्पन्न

तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार ईकाइकाे २९ औं साधारणसभा सम्पन्न

तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार ईकाइकाे २९ औं साधारणसभा सम्पन्न भएकाे छ । ईकाइका सभापति हेमलाल भिकेकाे अध्यक्षतामा सुक्रबार संघकाे आफ्नै भवन डुम्रेमा एक कार्यक्रमका बीच भएकाे साधारणसभामा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु घनश्याम श्रेष्ठ " देवान ", मानकाजी श्रेष्ठ,  जिल्ला महासचिव सुबाेध अधिकारी , ईकाइका पूर्व अध्यक्ष सुनिल कुमार श्रेष्ठ, हरिहर महिला समूहकी अध्यक्ष सरिता पिया, डुम्रे टाेल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ ,  हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष परशुराम अधिकारी लगाएतले शुभकामना ब्यक्त गर्दै डुम्रे ईकाइले गरेका कार्यक्रमहरु अत्यन्तै महत्त्वपूर्ण रहेकाे बताए ।

    ईकाइका सचिव महेन्द्र शाहीका अनुसार ईकाइले चाैंथाे डुम्रे महाेत्सव सफल रुपमा संचालन गरेकाे, नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेकाे, दशै लक्षित कार्यक्रम, बजार सरसफाइ , राजश्व र घरेलु उद्योग कार्यालय सँग समन्वयको भूमिका निर्वाह गरि सदस्यहरुलाई सहजिकरण गरेकाे , अनुगमनलाई सहयाेग गरिएकाे लगाएतका उदाहरणीय कार्य संचालन गरेको जानकारी दिए । 

कार्यक्रममा ईकाइकी काेषाध्यक्ष सुस्मा पियाले संस्थाकाे आय-ब्यय विवरण प्रस्तुत गर्नु भएकाे निवर्तमान सभापति राजेश श्रेष्ठ राजुले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page