शुक्लागण्डकीमा १ हप्ते उद्घाेषण तथा नेतृत्व विकास तालिम सम्पन्न

शुक्लागण्डकीमा १ हप्ते उद्घाेषण तथा नेतृत्व विकास तालिम सम्पन्न


नेपाल ट्रेड युनियन काङ्ग्रेसकाे आबद्ध संस्था नेपाल गृह श्रमिक संघकाे आयाेजनामा तनहुँकाे शुक्लागण्डकीमा १ हप्ताकाे उद्घाेषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
महिला तथा बालबालिका सीप उत्थान संस्थाकाे सहयोगमा भएको उक्त कार्यक्रम टीका माया पाैडेलकाे अध्यक्षतामा भएको थियो । ३६ जना सहभागी उक्त तालिम समापनमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति चुडामणी खनाल रहेका थिए । उक्त कार्यक्रममा बिशिस्ट अतिथि ट्रेड युनियन काङ्ग्रेस तनहुँका अध्यक्ष कृष्णबहादुर केसी तथा अन्य सहभागीहरूमा शुक्लागण्डकी वडा नं ४ का वडाअध्यक्ष राजु वाग्ले , कृष्ण रेग्मी , चन्द्रकला भट्टराई लगायतका रहेका थिए ।
उक्त तालिममा प्रशिक्षक हरी खरेल रहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page