तनहुँका सिडियाे श्यामकृष्णकाे सरूवा , रामकृष्ण आउने
तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको सरूवा भएको छ । गृह मन्त्रालयले निकालेको सरूवा बिवरण अनुसार उनको रामेछापको सिडियाेमा सरूवा भएको हाे । करिब ७ महिना तनहुँ बसाइ पछि उनको सरूवा भएको छ । श्राेतका अनुसार उनी केही समय तनहुँ बस्न चाहन्थे थर सांसद शंकर भण्डारी सँगकाे केही खटपटले सरूवा भएको बुझिएको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय रामेछापमा रहेका प्रमुख जिल्ला अधिकारी एवं उपसचिव राजु प्रसाद पौडेललाई गृह मन्त्रालयमा सरुवा गरेर त्यहाँ सहसचिव थापालाई पठाएको हाे । नुवाकोटबाट दुई महिना अगाडि मन्त्रालयमा आएका रामकृष्ण अधिकारी अब जिल्ला प्रशासन कार्यालय तनहुँको प्रजिअमा आउने भएका छन् । यस्तै बद्रीनाथ गैहेलाई दैलेख जिल्लामा खटाइएको छ ।

























