८ वर्ष बिदेश बसेर फर्केका श्रेष्ठले सञ्चालनमा ल्याए दमाैलीमा स्पाेर्टस् हाउस

८ वर्ष बिदेश बसेर फर्केका श्रेष्ठले सञ्चालनमा ल्याए दमाैलीमा स्पाेर्टस् हाउस


८ वर्ष बिदेश बसेर फर्केका दमाैलीका एक युवाले स्वदेशमै केही गराैँ भन्ने उद्धेश्यले व्यवसाय सुरु गरेका छन् । व्यास २ दमाैली स्थित लक्ष्मी टाेलमा रहेको नेपाल बैंक लिमिटेड नजिकैको ठाउँमा उनले नरेन्द्र एण्ड सन्स स्पाेर्टस पसल सञ्चालनमा ल्याएका हुन् । गत माघ देखि पसल सञ्चालनमा ल्याएको सञ्चालक नरेन्द्र कुमार श्रेष्ठले बताए । पसलमा स्पाेर्टस सम्बन्धि सम्पुर्ण सामाग्री पाइने श्रेष्ठले जानकारी दिए । बिशेशगरी ब्याडमिन्टन , बास्केटबल , फुटबल , भलिबल , टिटि लगायतका खेलका सामाग्री तथा ड्रेसहरू ग्राहककाे सुविधाको लागि राखिएको छ । यस्तै यहाँ र्याकेट गटिङ गरिने समेत उनलेे जानकारी दिए ।

लामो समय बिदेश बसेर फर्केका श्रेष्ठले अब परिवार सँगै बसेर घर ठाउँबाट नैं केही गराैं भन्ने साेच राखी व्यवसाय सुरु गरेको बताए । युवा व्यवसायी भएका कारण अहिले श्रेष्ठको पसलमा खेलकुद सम्बन्धि सामान लिने युवाहरूको भिड लाग्ने गर्दछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page