जीपी अस्पताल शुक्लागण्डकीमा आज निशुल्क मुटु राेग परिक्षण
मुटु सम्वन्धी रोग लागेको विरामीहरुको पहिचान गरि उपचारको पहुँचमा पु¥याउन तनहुँको जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रमा आज निशुल्क शिविर सञ्चालन हुने भएको छ ।

सहिद गंगालाल हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा मुटुको परिक्षण र उपचार गर्न शिविर आयोजना गरिएको हो । मुटुको विरामीहरुको पहिचान गरेर निशुल्क र सहुलियत सहित काठमाण्डौमा उपचार गर्ने शिविरको लक्ष्य रहेको केन्द्रले जनाएको छ ।

शिविरमा मुटु रोगका विशेषज्ञ डाक्टरहरुद्धारा परिक्षण गर्ने, निशुल्क रुपमा इसिजी सेवा प्रदान गर्ने, मुटुको निशुल्क रुपमा भिडियो एक्स–रे सेवा, निशुल्क रुपमा सुगरको जाँच गर्ने, शहिद गंगालाल हृदय रोग केन्द्रबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी दिने गरि शिविर सञ्चालन गरिएको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले जनाएको छ ।
आजै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितीमा केन्द्रमा स्थापना गरिएको डायलसिस केन्द्रको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एल नेपालका सहकार्यमा निर्माण गरिएको डायसिस सेन्टरमा बढीमा पाँच जनाले एकै पटक सेवा लिन सक्ने केन्द्रले जनाएको छ ।
























