गाैलीद्वारा सिन्धु आविका बालबालिकालाई पाेशाक वितरण
माँ अम्बे अलाैकिक कृषि फार्मकी सञ्चालक कल्पना गाैलीले सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बाैद्धिक अपाङ्गता भएका १८ जना विद्यार्थीलाई पाेशाक र फलफूल सहयाेग गरेकी छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँकी अध्यक्ष समेत रहेकी गाैली र संस्थाकी संस्थापक अध्यक्ष सावित्री श्रेष्ठ लगायतकाले बालबालिकालाई फलफूल तथा खाजा वितरण गरेका हुन् । समाजसेवी गाैलीले २२ हजार रूपया बराबरको बिद्यालय पाेशाक वितरण गरेकाे बताइएको छ ।
फरक क्षमता भएका बालबालिकालाई त्यसरी सामाग्री वितरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको संस्थाकी अध्यक्ष गाैलीले बताइन् । गाैलीले यसअगाडी पनि जिल्लाका विभिन्न बिद्यालयमा सहयोग गर्दै आएकी छन् ।

सहयोग कार्यक्रममा बिद्यालयकी अध्यक्ष बिमला कुमाल , प्रधानाध्यापक मदन वाग्ले , श्राेत शिक्षक सीता देवी कुंवर लगायतले यस्ता कार्यक्रमले बिद्यार्थीहरूलाइ पठनपाठनमा सहयोग पुग्ने बताएका थिए । उक्त अवसरमा संस्थाकी उपाध्यक्ष धनमाया पाैडेल , सचिव सिर्जना सिग्देल , काेशाध्यक्ष लक्ष्मी पाैडेल र सदस्यहरू धनमाया राना , कल्पना थापा , अनुपमकला न्याैपाने , सीता खनाल ,साेममाया गुरूङ , राज्यवती पाैडेल , सुमित्रा राेका , थममाया आले , खिरमती मगर र पुजा ठकुरी लगायतको सहभागीता रहेको थियो ।

























