नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघकाे काेशाध्यक्षमा दमाैलीका भण्डारी र प्रदेश अध्यक्षमा घिमिरे चयन
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले नयाँ नेतृत्व चयन गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उमाकान्त शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
महाधिवेशनबाट प्रदेश न ४ (गण्डकी) प्रदेशको प्रदेश संयाेजकमा दमाैलीका अमृत घिमिरे चयन भएका छन् भने केन्द्रीय काेशाध्यक्षमा दमाैलीकै भरत भण्डारी चयन भएका छन् ।
यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश निर्वाचित भए । यस्तै उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुवर, कोषाध्यक्षमा खिन्त बहादुर भण्डारी (भरत) र सहकोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसैगरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । समितिकाे निबर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य हुनेछन् । नवनिर्वाचित अध्यक्ष उमाकान्त शर्माले पद तथा गोपनियताको सपथ लिँदै महासंघलाई देशभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देशभरका हेभी इक्विपमेन्ट व्यवसायीलाई महासंघको छातामा समेट्ने भन्दै शर्माले कार्यतालिका बनाएर कार्यक्रमहरु अगाडि बढाउने बताए । सम्पूर्ण कार्यसमिति तथा सबैलाई साथमा लिएर कार्य सम्पादन गर्ने उनकाे भनाइ छ ।
























