म्याग्दे गाउँपालिका अध्यक्ष श्रेष्ठले भेटे विभिन्न माग सहित प्रधानमन्त्री र आधा दर्जन मन्त्रीलाई!


तनहुँकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । अध्यक्ष श्रेष्ठले बालुवाटारमा पुगी पालिकाकाे समग्र बिकास निर्माण र ठुला योजनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेका हुन् । भेटका अवसरमा विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएकाे श्रेष्ठले बताए । २०८२/०८३ काे बजेट निर्माणकाे सन्दर्भ पारेर पालिकामा ठुला याेजना माग गर्न प्रधानमन्त्री लगायत अन्य मन्त्री ज्यु हरू सँग भेटेको श्रेष्ठले जानकारी दिए ।
स्थानीय बजेटले धान्न नसकेका ठुला याेजना जुन संघीय सरकारकाे सहयोग बाट मात्रै सम्भव रहन्छ त्यसखालका याेजना माग गरेको उनले प्रस्ट्याए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आवस्यकता र प्राथमिकताका आधारमा सम्भव भए सम्मका याेजनालाइ संबाेधन गर्ने बताए । तपाईंहरूका मागप्रति म सकारात्मक छु , अहिले सरकारकाे मुख्य उद्धेश्य पनि बिकास निर्माण नैं हाे प्रधानमन्त्री ओलीले भने । उक्त अवसरमा राष्ट्रिय सभा सदस्य तनहुँकी युवा नेता भगवती न्याैपाने , प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी , आइटी अधिकृत आकाश गुरूङ लगायतको उपस्थिति रहेको थियो । भेटपछि प्रमुख प्रशासकिय अधिकृत अधिकारीले पनि आफुहरूकाे मागप्रति प्रधानमन्त्री ज्यु अत्यन्तै गम्भीर र सकारात्मक रहेको पाएको प्रतिक्रिया दिए । उक्त भेटको वातावरण सत्ता पक्षका राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्याैपानेले गरेकी थिइन् ।

प्रधानमन्त्री सँगै अध्यक्ष श्रेष्ठ नेतृत्वको टाेलिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेल , सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङ , भाैतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत झण्डै आधा दर्जन मन्त्री सँग भेटगरी विभिन्न माग राखेकाे छ । ज्ञापनपत्र सहित विभिन्न याेजनाका माग गर्न राजधानी पुगेको टाेली आजै जिल्ला स्थित पालिकामा फर्केको छ ।
























