बाहिर ब्युटी पार्लर भित्र याैन व्यवसाय चलाउने दमाैलीकी एक महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका–२ दमौलीमा ब्यूटी पार्लर व्यवसायी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

यौन सम्पर्कमा आउने गरेका युवासँग कमिशन लिएर युवती मिलाइदिने गरेको आरोपमा ४२ बर्षीय पार्वती आलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले बताए । आलेलाई यही बैशाख १९ गते पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी शाहीले जानकारी दिए । निज बिरुद्ध मानव बेचबिखन ओसारपसार उद्योगमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । पुरुषलाई युवतीसंग सम्पर्क गराई दमौली बजार भन्दा बाहिर बेश्याबृत्ति कार्यमा लगाउँदै आएको थाहा पाएपछि निजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं,तनहुँका प्रहरी प्रमुख एसपी शाहीले बताए ।

गतहप्ता मात्रै दमाैलीमा हाेटल व्यवसाय गर्ने एक महिला मानव बेचबिखन मुद्दामा कारागार चलान भएकी थिइन्।
























