दमाैली अस्पतालमा ५ दिनसम्म बेवारिसे रहेको शव म्याग्दे ४ का नेपालीको रहेको खुल्यो

दमाैली अस्पतालमा ५ दिनसम्म बेवारिसे रहेको शव म्याग्दे ४ का नेपालीको रहेको खुल्यो

दमौली अस्पतालमा भएको बेवारिशी शवकाे ५ दिनपछि सनाखत भएको छ । उक्त व्यक्ति म्याग्दे ४ काेलडाँडा बस्ने वर्ष ४५ का मादेउ सार्की भएको बताइएको छ ।
व्यास नगरपालिका वडा नं ४ स्थित जलदेवी मन्दिर नजिक गत १९ गते बिरामी अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको थियो।

प्रहरीले मृतकको सनाखतका लागि सम्पर्क गर्न आग्रह गरेको र उनको शव दमाैली अस्पतालमा रहेको अवस्थामा ६ दिनपछि सनाखत हुन सकेको हाे । उनी १७ गतेदेखि घरबाट हराएका थिए । उनको दाजु ताराबहादुर नेपाली भएको खुलेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page