भानुमा दोस्रो मेयर/उप–मेयर कप तथा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता शुरु
तनहुँकाे भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा भानु नगरस्तरीय खेलकुद विकास समितिकाे आयोजनामा भानु नगरपालिका–२ स्थित गोठेरी चौरमा दोस्रो नगरस्तरीय मेयर/उप–मेयर कप २०८१/८२ तथा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु भएको छ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित प्रतियोगिता बैशाख २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडा अध्यक्ष ईश्वरबहादुर घिमिरेले बताए । यस्तै, बैशाख २७ गते जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल खेल, महिला भलिबल तथा महिला म्याच घुमाई कार्यक्रम पनि आयोजना गरिएकाे प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले जानकारी दिए ।

खेलकाे माध्यमबाट आपसी सद्भाव र स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको खेलकुद विकास समितिका संयाेजक एवं वडा नं ३ का वडाअध्यक्ष तुलबहादुर गुरुङले बताए। कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि भानु नगरपालिका उप-प्रमुख उमा गोतामेले कार्यक्रम बारे जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभएको नगरपालिकाका आई टि अफिसर राजिव घिमिरेले जानकारी दिए ।

























