देवघाटको झोलुङ्गे पुलकाे लठ्ठामा रहेका सागर बोटेको उद्वार

देवघाटको झोलुङ्गे पुलकाे लठ्ठामा रहेका सागर बोटेको उद्वार

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगर पालिका जोड्ने झोलुङ्गे पुल देवघाटबाट एक व्यक्तिकाे उद्धार गरिएको छ । घरायसी कारण नदिमा फाल हाल्न लठ्ठामा पुगेका उनको अन्य स्थानीयले देखि हारगुहार गरेपछि तत्कालै प्रहरीले उद्धार गरेको थियो ।

सो उद्वार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल १७ नं गण हे.क्वा.चितवन सशस्त्र प्रहरी नायब निरीक्षक रोशन पौडेलको कमाण्ड खटिएको बिपद् उद्वार टोलि र इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उदयराज पौडेलको नेतृत्वमा खटिएको टोलि एवं अस्थायी प्रहरी बिट देवघाटका प्रमुख दिपेन्द्र मिश्रको नेतृत्वको टोलि लागेको थियो । सकुशल उद्धार गरिएका व्यक्ति कालिका नगरपालिका ३ पदमपुर निवासी सागर बोटे रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page