भानुका ढकालले बनाए ७७ हजार खर्चेर प्रतीक्षालय

भानुका ढकालले बनाए ७७ हजार खर्चेर प्रतीक्षालय

तनहुँकाे भानु नगरपालिका ८ का ढकाल परिवारले ७७ हजार खर्च गरेर आकर्षक प्रतीक्षालय निर्माण गरेका छन् । भानु ८ बेलटारका बिकास ढकाल र उनको धर्मपत्नी हरिकला ढकालले साेही ठाउँमा यात्रुहरुको सुबिधाको लागि आकर्षक प्रतीक्षालय निर्माण गरेका हुन् । प्रतीक्षालय भए पछि उक्त स्थानका यात्रुहरूलाई घाम तथा पानीमा समस्या नहुने भएको छ ।


आँफु वैदेशिक रोजगारीमा रहेर पनि गाउँबासिको सुबिधाको लागि आफ्नाे मन फराकिलो बनाएर सहयोग गर्नुहुने उहाँहरु दुबै जनालाई स्थानीय बिनाेद खतिवडाले उच्च सम्मान भन्दै सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page