कुलपूजामा धुप हाल्न सरकारी सम्पत्तिको दुरुपयोग

कुलपूजामा धुप हाल्न सरकारी सम्पत्तिको दुरुपयोग

राष्ट्रपति रामचन्द्र पौडेल पौडेलहरुको कुलपूजामा सहभागी हुन हेलिकप्टर चढेर आज तनहुँ आइपुगेका छन् । राष्ट्रपति पौडेल सवार हेलिकप्टर व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) मा अवतरण गरेको थियो । राष्ट्रपति पौडेललाई जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । राष्ट्रपति पाैडेल कुलपुजामा हेलिकप्टर चढेर आएपछी सर्वसाधारणले कुलपुजामा धुप हाल्न सरकारी सम्पत्तिको दुरुपयोग भनी टिप्पणी गरेका छन् ।

चापाघाटबाट रिस्तीसम्म राष्ट्रपति पौडेल गाडीमा यात्रा गरेका छन् । पाैडेलकाे रिस्ती यात्रामा १ दर्जन भन्दा बढी सरकारी तथा अन्य गाडीको लावालस्कर लागेको छ । पाैडेल घर जाने बाटो हालसम्म पनि कच्ची नैं छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page