दुर्घटना न्युनिकरणका लागि तनहुँमा लागु पदार्थ सेवन (ला.प.से.) परीक्षण !

दुर्घटना न्युनिकरणका लागि तनहुँमा लागु पदार्थ सेवन (ला.प.से.) परीक्षण !


गण्डकी प्रदेशको मुख्य सीमा नाका जिल्ला तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारमा लागु पदार्थ सेवन (ला.प.से.) परीक्षण कार्यक्रम सुरु गरिएको छ ! इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको आयोजना, आँबुखैरेनी गाउँपालिका र आँवुखैरेनी अस्पतालको प्रशासनिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रमकाे शुभारम्भ गरिएको हाे ।

आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख उपस्थिती, इ.प्र.का.आँवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं. ३ का वडा सदस्यहरु, स्थानीय बुद्धिजिबीहरु, पत्रकार लगायतको सहभागितामा सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागी पृथ्वी राजमार्ग सडक-खण्डमा संचालन हुने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी चालकहरुलाई केन्द्रीत गरी “लागु पदार्थ सेवन (ला.प.से.)” परीक्षण कार्यक्रम शुभारम्भ गरिएको हाे ।

यस महत्वपूर्ण अभियानलाई सफल बनाउनको लागि आँबुखैरेनी गाउँपालिका तनहुँ, सम्पूर्ण आवुखैरेनीबासी आदरणीय आमा-बुवा, दिदी-बहिनी तथा दाजुभाईहरु, सडक खण्डमा आवत जावत गर्ने सार्वजनिक तथा निजी सवारी चालक तथा यात्रुहरुलाई  सक्रिय सहयोग गरी सार्थकता प्रदान गरिदिन हुन समेत इप्रका आवुखैरेनीले अनुरोध गरेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page