दमाैलीका आरसी गौलीको “पैसा” शीर्षकको म्युजिक भिडियो सार्वजनिक

दमाैलीका आरसी गौलीको “पैसा” शीर्षकको म्युजिक भिडियो सार्वजनिक


तनहुँकाे दमाैलीमा रहेर क्रियाशिल गायक आरसी गौलीको प्रस्तुति रहेको “पैसा” शीर्षकको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । भिडियो सर्जन थापा मगरको निर्देशनमा तयार पारिएको छ, जसमा प्रेम र पैसाबीचको संवेदनशील सम्बन्धलाई प्रस्तुत गरिएको छ।

भिडियोमा एक प्रेमी युगलको भावनात्मक सम्बन्ध देख्न सकिन्छ जसमा आर्थिक पक्षले कसरी प्रभाव पार्न सक्छ भन्ने कुरा झल्काइएको छ। मनमोहक प्राकृतिक दृश्य र कलाकारहरूको जीवन्त अभिनयले भिडियोको स्तरलाई अझ स्तरीय बनाएको देखिन्छ।

आरसी गौली र चर्चित गायिका देवी घर्ती मगरको आवाजमा तयार “पैसा” म्युजिक भिडियोमा दर्शकले सामाजिक यथार्थता, प्रेम र महत्वाकांक्षाको द्वन्द्वलाई देख्न सक्नेछन्। भिडियोको छायांकन, सम्पादन र संगीत संयोजन समेत निकै सशक्त देखिएको छ।

मन्दिरा केसी गौली र गायक स्वयम् आरसी गौलीको अभियनय रहेको म्यूजिक भिडियो RC Gauli यूट्यूव च्यानल मार्फत बजारमा ल्याइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page