पाेखरामा नगरबस दुर्घटना हुँदा २६ जना घाइते , ६ काे अवस्था गम्भीर

पाेखरामा नगरबस दुर्घटना हुँदा २६ जना घाइते , ६ काे अवस्था गम्भीर

पोखरा २२ स्थित विश्व शान्ति स्तूपको नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। ग१ख ३८८६ नम्बरको उक्त बस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको बताइएको छ ।

दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन् भने तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदैछ। स्थानीयका अनुसार अहिले पनि उद्धार कार्य जारी छ।

ब्रेक फेल भएर बस दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ। दुर्घटनास्थलमा पोखराबाट एम्बुलेन्सहरू परिचालित भएका छन्। बसमा अधिकांश भारतीय पर्यटक सवार रहेको जानकारी प्राप्त भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page