पाेखरा जाँदै गरेको माइक्रोबस लामेआहालमा दुर्घटना ,३ काे मृत्यु

पाेखरा जाँदै गरेको माइक्रोबस लामेआहालमा दुर्घटना ,३ काे मृत्यु

पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।  

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख इन्सपेक्टर शोभा पाण्डेका अनुसार दुर्घटनामा चालक सहित ८ जना घाइते भएको भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा ३ जनाको मृत्यु भएको हो । 
बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page