वाइसीएल तनहुँकाे अध्यक्षमा हिमाल थापा
वाइसीएल नेपाल तनहुँकाे तेस्रो सम्मेलन दमाैलीमा सम्पन्न भएको छ । सम्मेलनले हिमाल थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिकाे उपाध्यक्षमा बसन्ती सारू मगर , युकेश मगर र ज्याेति राेका रहेका छन् ।
यस्तै सचिवमा राजन विसी , सहसचिवमा पुष्पा राना मगर , श्रीकृष्ण बराल र राजकुमार विक तथा काेषाध्यक्षमा साजन थापा लगायत चयन भएका छन् ।

त्यसअघि भएको कार्यक्रमकाे नेकपा (माओवादी केन्द्र ) केन्द्रिय सदस्य एवम् तनहुँ जिल्ला इन्चार्ज आशा कोइरालाले उद्घाटन गरेकी थिइन् ।

























