आँबुखैरेनी प्रहरीद्वारा सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने सम्बन्धि छलफल

आँबुखैरेनी प्रहरीद्वारा सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने सम्बन्धि छलफल


सार्वजनिक तथा निजी सवारी साधनहरूमा यात्रुहरूले प्रयोग गरेका फोहोर वस्तुहरू सवारी साधनबाटै सडकमा फ्याकिने प्रवृत्तिलाई नियन्त्रण गर्दै वातावरणीय प्रदूषण रोकथाम र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सवारी साधनमा डस्टबिन अनिवार्य कार्य योजना लागू गर्न प्रारम्भिक तयारी बैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, स्थानीय जनप्रतिनिधिहरू, यातायात व्यवसाय समितिका पदाधिकारीहरू, आँबुखैरेनी बजार क्षेत्रका टोल सुधार समितिका प्रतिनिधिहरू, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरू, पत्रकार तथा प्रहरी कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page