ऋषिङ ८ का वडा अध्यक्ष श्रेष्ठले ल्याए ऋषिङमा एम्बुलेन्स

ऋषिङ ८ का वडा अध्यक्ष श्रेष्ठले ल्याए ऋषिङमा एम्बुलेन्स


तनहुँकाे ऋषिङ गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले एम्बुलेन्स ल्याएका छन् एम्बुलेन्स नहुँदा स्थानीयहरूलाइ दुखबिमार पर्दा अफ्ट्यारो भइरहेको अवस्थामा पालिकाका जनताको सुविधालाई ध्यानमा राखी श्रेष्ठले नयाँ एम्बुलेन्स ल्याएका हुन् ।
वडा अध्यक्ष श्रेष्ठकाे एकल पहलमा एम्बुलेन्स आएकाे बताइएको छ । एक संस्थाबाट धेरै ठूलो पहलपछी एम्बुलेन्स प्राप्त गर्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए । एम्बुलेन्स ल्याउनकाे लागि भाइ नरेन्द्र श्रेष्ठको समेत सहयोग रहेको भन्दै उनलेे बुवा आमाकाे सम्झनामा जनताको सेवा गर्न एम्बुलेन्स ल्याएकाे प्रस्ट पारे । नाफामुखी भन्दापनी ऋषिङका जनतालाई सेवामुखी रूपमा एम्बुलेन्स सञ्चालन हुने उनलेे जानकारी दिए ।

काङ्ग्रेस भएकै कारण सहिद हुन पुग्नुभएका बुवा सरस्वती कृष्ण श्रेष्ठ काङ्ग्रेस ऋषिङकाे धराेहर भएको भन्दै वडा अध्यक्ष श्रेष्ठले बुवाकाे सपना साकार पार्न आँफु दिनरात नभनी जनताको सेवामा लागेको बताए । वडा भित्र दुखमा परेका बेला यसअघि पनि निजी गाडीबाट जनताको सेवा गरेको भन्दै उनले अब त्यो सेवा एम्बुलेन्सले गर्ने बताए ।
शहीद सरस्वतीकृष्ण श्रेष्ठको गाउँमै विकासको पहुँच पु¥याई शिक्षा, स्वास्थ्य र रोजगारी दिने सपना अधुरो रहँदै सहीद हुनु परेपछि बुबाको सपना पुरा गर्न राजनीतिमा आएकाे बताउने श्रेष्ठले काङ्ग्रेस बाट टिकट नपाएपछि स्वतन्त्रबाट उठेर चुनाब जितेका थिए । सहिद पुत्र भरतकृष्णले कतिपय जनप्रतिनिधीहरु सुविधा भोगी भएर सवारी साधनको दुरुपयोग भयो भनेर गुनासो आईरहेको बेला आफ्नो निजी सवारी साधन समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page