ने क पा माओवादी केन्द्र तनहुँले पाेखराकाे जनसभामा १ हजार ५ सय कार्यकर्ता उतार्ने

ने क पा माओवादी केन्द्र तनहुँले पाेखराकाे जनसभामा १ हजार ५ सय कार्यकर्ता उतार्ने

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति, तनहुँको एघारौं पूर्ण बैठक शनिबार दमौलीमा सम्पन्न भएको छ। बैठकले यही जेठ १० गते पोखरामा हुने बृहत जनसभा कार्यक्रममा तनहुँ जिल्लाबाट कम्तीमा १ हजार ५सय जना सहभागी गराउने निर्णय समेत गरेको छ। उक्त जनसभालाई सफल बनाउन आवश्यक संगठनात्मक तयारी, जनसम्पर्क र प्रचारप्रसारलाई तीव्रता दिने निर्णय समेत गरिएको छ। 
बैठकले पार्टी अनुशासन, सांगठनिक एकता, कार्यकर्ता प्रशिक्षण तथा स्थानीय जनसमस्यामा सक्रिय सहभागिता लगायतका विषयमा समेत विशेष जोड दिएको छ।बैठकको प्रारम्भिक सत्र गण्डकी प्रदेश सदस्य तथा जिल्ला सचिव शुक्र चुमानको अध्यक्षतामा सुरुभई जिल्ला संयोजक सूर्यबहादुर गौली पारसको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो । पार्टी केन्द्रीय सदस्य हरिराज अधिकारीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता हरि बहादुर चुमान, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोईराला, केन्द्रीय सदस्य ओम कुमारी पौडेल, गीता शाही, हेमराज लामिछाने क्षितिज, राजेन्द्र केशरी न्यौपाने र ओमराज आले मदन, गण्डकी प्रदेश सहसचिव अतीन्द्र केशरी न्यौपाने, विशेष प्रदेश सहसचिव सोम बहादुर थापा ९एसबि०को विशेष उपस्थिति रहेको थियो। 


बैठकमा जिल्ला समन्वय समिति अन्तर्गतका गतिविधिहरूको समिक्षा, संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीको भूमिका, आगामी कार्यक्रमहरूको तयारी लगायतका विषयमा गहिरो छलफल गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page