म्याग्दे महोत्सवमा आज श्याम राना आउने

म्याग्दे महोत्सवमा आज श्याम राना आउने

कला सस्कृतिको संरक्षण आर्थिक ,सामाजिक ,कृषि पर्यटनको प्रवद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको दोस्रो म्याग्दे महोत्सवमा आज श्याम राना आउने भएका छन् । महाेत्सवलाइ थप मनाेरञ्जन दिन र दर्शकहरूलाई रमाइलो गर्न ख्यातिप्राप्त कलाकार राना ल्याउन लागिएको आयाेजक थर्पु युवा क्लवका अध्यक्ष नवराज हमालले बताए । राना आउने भए पछि दर्शकको संख्या बढ्ने आयाेजकले अपेक्षा गरेको छ । हरेक दिन चर्चित कलाकार ल्याउने गरिएको महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिइरहेका छन् ।

जेठ २५ गते सम्म जारी रहने महोत्सव थर्पु बजारमा भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page