महिनावारी दिवसमा तनहुँका बिद्यालयमा सचेतनामुलक कार्यक्रम !

महिनावारी दिवसमा तनहुँका बिद्यालयमा सचेतनामुलक कार्यक्रम !

विश्व महिनावारी दिवसको अवसरमा तनहुँका विभिन्न बिद्यालयका बिद्यार्थीलाई सचेतनामुलक कार्यक्रम गरिएको छ । आबुखैरेनी-६, स्थित हिलेखर्कमा देउराली स्वास्थ्य चौकीका इन्चार्ज – सुनिता गुरुङले विद्यालयमा एक कार्यक्रम गरी महिनावारी भएका बेला गर्नुपर्ने सरसफाई तथा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिएकी थिइन् ।
“महिनावारी मैत्री समाजका लागि सहकार्य ” भन्ने मुल नाराका साथ महिनावारी स्वच्छता ब्यबस्थापन दिवस मनाउने क्रममा उक्त सचेतनामुलक कार्यक्रम गरिएको हाे ।

यस्तै म्याग्दे गाउँपालिकाकाे मीन मा.वी मा पनि सचेतना कार्यक्रम गरिएको छ । म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाको आयाेजनामा बिद्यालयका प्रअ. लगाएत सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरूकाे उक्त अवसरमा सहभागीता रहेको थियो । साे अवसरमा अभिनय तथा सेसन सन्चालनमा नोबेल कलेज र जि एम सी कलेजका बिद्यार्थीले सहयोग गरेका थिए । यस्ता कार्यक्रमहरूबाट महिनावारी भएका बेला आइपर्ने समस्याहरु समाधान गर्न छात्राहरूलाई सहज हुने विश्वास लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page