रोट्र्याक्ट क्लब अफ दमौलीको अध्यक्षमा गोविन्द

रोट्र्याक्ट क्लब अफ दमौलीको अध्यक्षमा गोविन्द

रोट्र्याक्ट क्लब अफ दमौलीको अध्यक्षमा गोविन्द तिमिल्सिना सर्वसम्मत चयन भएका छन् । क्लबको दोस्रो वार्षिक साधारण सभाले रोटा वर्ष २०२५/२६ का लागि तिमिल्सिनाको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको हो । 

क्लबको सचिवमा करण नेपाली चयन भएका छन्। निवर्तमान अध्यक्षको रूपमा रवि अधिकारी रहेका छन भने आगामी वर्षका अध्यक्षका रूपमा  किरण श्रेष्ठ चयन भएका छन्।

 क्लबको उपाध्यक्षमा  विपिन गौली र उमेश पौडेल चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा पवन पौडेल, सहसचिवमा शुसासन अधिकारी तथा सहकोषाध्यक्षमा अशिम कुँवर चयन भएका छन्।

त्यस्तै, डाइरेक्टर चियरको जिम्मेवारी सुमन राज ओझाले सम्हाल्ने भएका छन्। क्लब प्रशासन चियरमा सुदीपजङ्ग बस्नेत, सेवा परियोजना चियरमा सूर्य मौरती, रोटरी फाउन्डेशन चियरमा विशाल खत्री, प्रचार तथा छवि चियरमा मदन तिमिल्सिना र पेसागत विकास चियरमा जगदीश काफ्लेले नेतृत्व गर्नेछन्।

 पार्टनर इन सर्भिस संयोजकका रूपमा रेवती सदाशेखर चयन भएकी छन भने अन्तर्राष्ट्रिय सेवा चियरको जिम्मेवारी सागर कुँवरले  पाएका छन् ।

क्लब सल्लाहकारमा मनोज राउत र अनुज विमली चयन भएका छन् भने अध्यक्ष सल्लाहकारको भूमिकामा दामोदर भण्डारीले जिम्मेवारी सम्हाल्ने भएका छन्। 

नव-निर्वाचित टोलीले आगामी वर्षलाई लक्षित गर्दै सामाजिक सेवा, युवा नेतृत्व विकास र डिजिटल प्रविधिको उपयोगमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page