आदिकविमा एक दिने निःशुल्क लोकसेवा करियर परामर्श कार्यक्रम हुने

आदिकविमा एक दिने निःशुल्क लोकसेवा करियर परामर्श कार्यक्रम हुने

आदिकवि भानुभक्त क्याम्पसमा एक दिने निःशुल्क लोकसेवा करियर परामर्श कार्यक्रम हुने भएको छ ।
आदिकवि भानुभक्त क्याम्पस र पम्पाज एजुकेशनको सहकार्यमा असार २० गते, विहान ७:१५ बजे देखि क्याम्पस परिसर स्थित सभा भवनमा उक्त कार्यक्रम हुने भएको हाे ।
कार्यक्रममा लोकसेवा तथा शिक्षक सेवा तयारीमा रुचि राख्ने विद्यार्थीहरू लगायतका अन्यका लागि निःशुल्क रुपमा खुल्ला गरिएको छ । कार्यक्रम मार्फत सहभागीहरूले सामान्य ज्ञान (GK) को विस्तृत जानकारी , लोकसेवा तथा शिक्षक सेवा तयारी कसरी सुरु गर्ने ? नेपालको सन्दर्भमा हालको करियर प्रवृत्ति र अवसरहरू लगायतका विषय समावेश गरिने छ ।
कार्यक्रममा विगत लामो समयदेखि प्रशिक्षण क्षेत्रमा समर्पित GK प्रशिक्षक दिपक कुमार शाहद्वारा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गर्ने पम्पाज एजुकेशन म्यानेजर बिकल श्रेष्ठले बताए ।


लोकसेवा तथा शिक्षक सेवा सम्बन्धी हालको पाठ्यक्रम, तयारी विधि, रणनीति तथा अवसरहरूको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो श्रेष्ठले भने ।
यो कार्यक्रम आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरू मात्र नभई सम्पूर्ण इच्छुक व्यक्तिका लागि खुला रहेको आयोजक संस्थाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page