नेताहरुलाई कुलिङ पिरियड राख्नु पर्ने काँग्रेस नेता भट्टराईको भनाई
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेताहरुलाई कुलिङ पिरियडमा राख्नु पर्ने बताउनु भएको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सो कुरा भट्टराईले राख्नु भएको हो ।
कर्मचारीतन्त्रमा कुलिङ पिरियड राख्ने कुरा स्वागत योग्य भएको उल्लेख गर्दै नेताहरुलाई पनि त्यसरी नै राख्नु पर्ने उहाँले बताउनुभयो ।
‘कुनै नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बनेको छ र फेरि बिदेशि नागरिकता त्यागेर नेपालको नगरिकता लिएर आम निर्वाचन लड्न आउछन् भने उनिहरुका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ ।’ भट्टराईले भन्नुभयो । बिगतमा यस्तो व्यवस्था नभएकोले गर्दा कुनै विदेशी नागरिक देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र सम्वेदनसिल पदमा पुगेको कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरेड राख्नु पर्ने धारणा भट्टराईको थियो ।

भट्टराईले भन्नुभयो, ‘आज विदेशी नगरिकता छोडेको हल्ला गर्ने र विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुदै भोलीपल्टै नेपाली नगरिकता लिएको प्रशंग भट्टराइले ल्याउँदै पर्सिपल्ट उम्मेदवार बनेको उल्लेख गर्नुभयो । यस्ता कदमले नेपाल राष्ट्र माथि नै खतरा पैदा गरेको उहाँको भनाई छ । पार्टी सभापतिले अब मैले रिटायर लिने बेला आएको छ म अब सभापति हुने होइन भनि सकेको अस्थामा अब महाधिबेशन ०८४ अगाडि हुन्छ कि हुदैन भन्ने दुबिधामा बस्न जरुरी नभएको समेत भट्टराईको भनाई थियो । ढिलोमा ०८३ मंसिर भित्र केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गर्नुपर्ने माग उहाँले राख्नुभयो । साथै उहाँका देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपति पनि फेरी सक्रिय राजनीतिमा फर्कि रहेको र कतिपय राजनीतिक दलहरुमा एउटै मानिस बर्षौ सम्म सभापति भइ रहने अवस्थामा हाम्रो सभापतिज्यूको यो भनाईले हाम्रो पार्टी अरु भन्दा फरक हो भन्ने पोजेटिभ सन्देश प्रवाह गरेको भट्टराईले उल्लेख गर्नुभयो ।
भट्टराईले भन्नुभयो, ‘देशमा प्रजातन्त्रको स्थापना र पुर्नस्थापना र गणतन्त्रको स्थापना सम्मका सबै आन्दोलनको नेतृत्व कांग्रेस पार्टीले गर्दछ ।’

पछिल्ला जनतालाई अधिकार दिने दुइटा संविधान पनि कांग्रेस पर्टीकै नेतृत्मा बन्छ भन्दै बेला बखत देशमा आइ पर्ने राष्ट्रिय सङ्कटको समाधान गर्ने काम पनि कांग्रेस पार्टीले नै गर्ने दाबी गर्नुभयो । देशलाई आवश्यक पर्नै सबै नीतिहरु काँग्रेस
पार्टीले नै बनाउने उहाँले बताउनुभयो । देशको विकास भनेको गाँउको विकासले भएकोले दुर दराजका गाँउहरुमा समेत बिकासका पुर्वाधार लैजाने कार्य काँग्रेसकै नेतृत्व भएको भट्टराईको भनाई थियो । विदेश सम्म रोजगारी ,शिक्षा र व्यवसाय गर्न पाउने व्यबस्था मिलाएको उहाँले भनाई थियो । यस्तो अवस्थामा पनि काँग्रेसको भोट पछिल्ला निर्वाचनहरुमा किन घटी रहेको छ यस्को गम्भीर विश्लेषण गरी कार्य योजना तयार पार्नुपर्ने उहाँको भनाई थियो । गुटबन्दिले गर्दा सही मानिस ठिक ठाउँमा पुग्न नसकेको भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘सङ्घर्ष, योगदान, क्षमता र कामको मुल्याङकन गरिदैन गुटका आधारमा एउटै मानिसलाई पटक पटक अवसर दिएकोले पदको न्यायोचित ढंगबाट वितरण भएको छैन ।’ यस्ता कारणले कार्यकर्ता रुष्ट र नेगेटिभ हुने भएकोले उहाँहरुलाई पजेटिभ बनाउने काम गर्न सुझाव भट्टराईले दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रशिक्षणले गर्ने हो वा हामीले हाम्रो कार्यशैलीमा सुधार गर्छौ भनेर गर्ने होयो गर्न जरुरी छ ।’ साथै भट्टराईले भातृ संस्था सबै नेताहरुले धवस्त पारेको उल्लेख गर्दै विधिविधान अनुसार भातृ संस्थाहरुलाई चल्नै दिनु भएन भन्ने गुनासो आएको बताउनुभयो । विधान अनुसार चल्न चलाउन दिएमा बिवाद पनि स्वतह कम भएर जाने उहाँको भनाई थियो । सामाजिक संजाल पनि संगठन निर्माणको राम्रो प्लटफर्म हो यस्को प्रयोग हामीले राम्रोसंग गर्नु पर्ने सुझाव केन्द्रीय सदस्य भट्टराईले दिनुभयो । प्रशिक्षणका कार्यक्रमहरु वाडा र टोल केन्द्रित गर्नु पर्ने उहाँको अर्को सुझाव थियो ।
























