कुशल प्रशासक आचार्य – जसले तीनसय भन्दा बढी बजार अनुगमन गरे !

कुशल प्रशासक आचार्य – जसले तीनसय भन्दा बढी बजार अनुगमन गरे !

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेति आचार्यकाे काम प्रतिको लगाव, इमान्दारिता र बफादारिताको जति बयान गरेनी कमीनैं हुन्छ । दमाैलीमा रहेको यस कार्यालयले तनहुँ, गोरखा, लमजुङ, मनाङ र नवलपुर गरि पाँच वटा जिल्ला हेर्ने गर्दछ । सिमित स्राेत र साधनका बावजुद आचार्यले उपभोक्ता नठगिउन र सफा तथा स्वच्छ खानेकुरा उपभोग गरून् भन्ने उदेश्यले अनुगमनलाई प्राथमिकता दिएर काम गरिरहेका छन् । इमान्दार, कर्तब्यनिष्ठ, मृदुभाषी, जनसेवकको पर्याय बनेका आचार्यमा न कुनै लोभ छ , न कुनै मोह , न त समयकै प्रवाह । सेवाग्राहीको सेवामा समय सिनित्त सकिएको पनि पत्तो पाउँदैनन् आचार्य !

प्रशासकको आफ्नो कामप्रतिको लगाव र इमानदार बन्ने कुराहरूले धेरैलाई प्रभाव पार्न सक्छ । प्रत्येक प्रशासकले जहाँ र जे जुन जिम्मेवारीमा रहेको छ सोही स्थानबाट आफै सुधारको सुरुवात थाल्नुपर्दछ भन्ने मान्यतामा आचार्य दृढ देखिन्छन् । आफ्नो जिम्मेवारी भित्र रहेका विषयहरूमा गुनासो नआउने तरिकाले मितव्ययिता, प्रभावकारिता, कार्यदक्षता र पारदर्शिता समेतलाई ख्याल गर्दै सम्पादन गर्नुपर्दछ भन्ने साेचका साथ अगाडि बढेकाले नैँ उनलेे वर्षभरिमा लक्ष्य भन्दा बढी काम सम्पन्न गरेका छन् । कार्यालयले बार्षिक २ सय टार्गेट भएकोमा २ सय २० त्यस्ता नमूना संकलन गरेको छ, असारमा मात्रै ३० बढी नमूना संकलन गरेर जाँच विश्लेषणको लागि प्रेषित गरिएको कार्यलयका सूचना अधिकारी सन्तोष थापा मगर बताउँछन् । त्यतिमात्र हाेइन खाद्य बजार:११० पटक , खाद्य उद्योग: १६० बढी , होटल रेष्टुरेन्ट: ८० पटक तथा संवेदनशीलः २० पटक गरेर तीनसय भन्दा बढी बजार अनुगमन समेत गरेका छन् । यस्तै नमुना संकलन:११० फर्मल +९२ सर्भिलेन्स तथा १७ वटा मुद्दा दायरी र जफत नष्ट: ९ लाख बढीकाे गरेको छ ।

पाँच जिल्ला हेर्ने गरि अनुगमनको जिम्मा पाएको कार्यालयले दैनिक बजार अनुगमनलाई विभिन्न सराेकारवालाहरूकाे समन्वयमा व्यापक बनाइरहेकाे छ । सकारात्मक र रचनात्मक कुराहरूलाई प्राथमिकतामा राखेर काम गरेका प्रमुख आचार्यलाई सूचना अधिकारी सन्तोष थापा मगर र प्राबिधिक सहायक अनुसा खरेलले भरपुर साथ दिइरहेका छन् ।


अनुगमनका क्रममा मूल्य सुची नभेटिएकाे ठाउँमा मूल्य सुची टाँसेर राख्न लगाउने , अखाद्य बस्तु भेटिएको ठाउँमा सचेत गराउने , होटेलका भान्छा सधै सफा राख्न लगाउने , उपभोक्ताको स्वास्थ्य माथी खेलवाड नगर्न र खाद्य स्वच्छता कायम गर्न होटेल व्यवसायीहरुलाई आग्रह गर्ने , व्यवसाय दर्ता गरेर चलाउन लगाउने लगायतका अनुरोध पहिलो चरणमा गरिने गरेको र अर्काेपटक जाँदा पनि त्यस्ता विषयमा सुधार नगरिएको पाइएमा जरिवाना समेत गर्ने गरिएको उक्त कार्यालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page