सुनको सिक्री लुटपाट गर्ने लमजुङका राजु र सिन्धुपाल्चोकका पुर्ण पक्राउ

सुनको सिक्री लुटपाट गर्ने लमजुङका राजु र सिन्धुपाल्चोकका पुर्ण पक्राउ

सुनको सिक्री लुटपाट गर्ने दुईजना लाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३ तिलिङ्गेटार स्थित सडक खण्डमा बसुन्धारा तर्फ आउँदै गरेको सार्वजनिक यातायातमा सवार व्यक्तिले घाँटीमा लगाएको एक लाख नब्बे हजार रुपैयाँ मूल्य बराबरको सुनको सिक्री लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा लम्जुङ घर भइ हाल काठमाडौं बसपार्क बस्ने वर्ष ३२ को राजु गुरुङ र सिन्धुपाल्चोक घर भइ ऐ. बस्ने वर्ष ४० को पूर्ण गदाल रहेका जिल्ला प्रहरी परिसर, काठमाडौका सूचना अधिकारी प्र उ अपिल राज बोहराले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page