तनहुँका एसपी खनाल सहित ११ जना एसएसपीमा बढुवा सिफारिस

तनहुँका एसपी खनाल सहित ११ जना एसएसपीमा बढुवा सिफारिस

गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रहरीको जनपद प्रहरी समूह तर्फका ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ। आज बसेको बढुवा समितिको निर्णयअनुसार सिफारिस हुनेहरूमा व्यास नगरपालिका वडा नं.–११, पोल्याङ घर भई हाल जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुखका रूपमा कार्यरत प्रहरी उपरीक्षक केदार खनाल लगायत ११ जना रहेका छन्।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत तुल बहादुर कार्की परेका छन्। सूचीमा कार्कीले ८१.९५४३ अंक प्राप्त गरेका छन्। दोस्रोमा बनेपा काभ्रेपलाञ्चोकस्थित अपराध अनुसन्धान शाखाका राकेश सिंह छन् भने तेस्रोमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका राजिव बहादुर बस्नेत रहेका छन्।खनालले ८०.७९४६ अंकसहित बढुवा भएका हुन् । वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका सबै ११ जनाको नाम, कार्यरत कार्यालय र प्राप्ताङ्क सार्वजनिक सूचीमा उल्लेख गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page