देउरालीनगर आमा समूह व्यास ३ काे अध्यक्षमा मीना रानाभाट

देउरालीनगर आमा समूह व्यास ३ काे अध्यक्षमा मीना रानाभाट

साउन ११ ,

व्यास नगरकै धेरै सदस्य रहेको मध्येको एक देउरालीनगर आमा समुह व्यास ३ दमाैलीको अध्यक्षमा मीना रानाभाट चयन भएकी छन् । सनिवार देउरालीनगरमा सम्पन्न ११ औ वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनबाट रानाभाटकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हाे ।
समितिकाे उपाध्यक्षमा रन्जना मल्ल , सचिवमा पद्मा प्रधान , काेशाध्यक्षमा ममता थापा र सहसचिवमा मधुमाया रानाभाट चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा शुष्मा प्रभा साेती श्रेष्ठ , फुनुमाया आले , गंगा थापा , बसन्ती थापा , दिपा सुनार , विष्णु वराली , सुनिता शर्मा , शान्ति थापा , तारा मानन्धर र मुना रानाभाट चयन भएको निर्वाचन संयाेजक विष्णुभक्त न्याैपानेले बताए । कार्यक्रमका अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट याेगदान पुर्याउने विष्णुदेवी परियार , मधुमाया पाैडेल , मधुमाया राना , डाेलकुमारी थापा , श्रीमाया पुरी , रिमा आले र उमेश थापालाई सम्मान गरिएको छ ।


यस अगाडि भएको उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख एवम् सल्लाहकार संरक्षक पवित्रा पाैडेलले देउरालीनगर आमा समूह अत्यन्तै सक्रिय र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्ने आमा समूह भएको बताइन् ।

आमा समुहकी अध्यक्ष श्रीमाया रानाभाटकाे अध्यक्षतामा भएको कार्यक्रममा व्यास ३ का अध्यक्ष अनुप राना , सदस्य बिनु श्रेष्ठ , पुर्व अध्यक्ष मनकुमारी श्रेष्ठ , रिमा आले , अशोक थापा , श्रीमाया विक , मनबहादुर थापा , तिलबहादुर थापा , शर्मिला पाैडेल लगायतले बाेलेका थिए । संस्थाका उपाध्यक्ष मिना रानाभाटले स्वागत गरेको उक्त कार्यक्रममा काेशाध्यक्ष ममता थापाले काेशाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सञ्चालन सचिव पद्मा प्रधानले गरेकी थिइन् ।

२०६२ सालमा स्थापना भएको आमा समुहमा हाल १ सय ४८ जना सदस्य रहेका छन् ।
कार्यक्रममा निशुल्क खानेपानीको व्यवस्था गंगा श्रेष्ठले गरेकी थिइन् । निरक्षरता उन्मुलन तालिम , झिलिङ्गा बनाउने तालिम ,सिपमुलक तालिम , महिलाको नेतृत्व बिकास तालिम लगायतका विभिन्न सामाजिक कार्यहरू यस आमा समुहले गर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page